बुधबार, वैशाख १२, २०८१

बुटवल वारिपारिका दुवै डाँडामा केबलकार निर्माण सुरु 

बुटवलको शिरमा रहेका दुई डाँडामा केबलकार आयोजना सुरु भएको छ। 
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

बुटवल– बुटवलको शिरमा रहेका दुई डाँडामा केबलकार आयोजना सुरु भएको छ। 

triton college

निजी लगानीमा सुरु भएका यी दुवै केबलकार आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्त्व दिएका छन्। 

फागुन १ गते प्रधानमन्त्री ओलीले बुटवलदेखि पाल्पा वसन्तपुरमा चल्ने लुम्बिनी केबलकार आयोजनाको शिलान्यास गरेका थिए। 

चन्द्रागिरी केबलकार सञ्चालन गरेका चन्द्र ढकाल र बुटवलका केही व्यवसायी मिलेर बुटवलदेखि वसन्तपुर चल्ने लुम्बिनी केबलकार आयोजना अघि बढाएका हुन्। बुटवलदेखि पाल्पाकै नुवाकोटमा भने बुटवलका व्यवसायीको लगानी छ।

सिद्धार्थ केबलकार प्रालीको आइतबार अर्थमन्त्री पौडेलले उद्घाटन गरे। पौडेलले बुटवलको विकासमा यस्ता आयोजनाले पर्यटन क्षेत्रमा ठूलो योगदान गर्ने बताए। 

corrent noodles
Metro Mart

प्रधानमन्त्री ओलीले शिल्यान्यास गरेको लुम्बिनी केबलकारको कुल लागत तीन अर्ब ५० करोड अनुमान गरिएको छ। लुम्बिनी केबलकारको लम्बाइ तीन किलो मिटरको छ। 

बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्षसम्म प्रालिलाई भोगचलान गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि निर्माण सुुरु भएको हो। 

ऐतिहासिक तथा धार्मिक स्थल नुवाकोट गढीमा सिद्धार्थ केबलकार प्रालिले केबलकार सञ्चालन प्रक्रिया अघि बढाएको हो। 
प्रालिले यसअघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ।

अबको १८ महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए। केबलकार दुई किलोमिटर लम्बाइको हुनेछ। 

सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो। केबलकार सञ्चालनका लागि २०७५ साल साउनमा ३.९८ हेक्टर र २०७६ फागुनमा २.११८ हेक्टर बन क्षेत्र ३० वर्षको लागि प्रालिलाई भोगचलन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। 

निर्माणपछि केबलकारमा २५ वटा डब्बा रहने र बुटवलको देउराली डाँडाबाट नुवाकोट आठ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए। सञ्चालनमा आएपछि दैनिक पर्यटकले केबलकारको उपयोग गर्ने प्रालिको अपेक्षा छ।

प्रकाशित: Feb 21, 2021| 12:09 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।