काठमाडौं- विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका नोभाका जोकोविचले भर्खरै सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।
प्रतिस्पर्धात्मक फाइनल खेलमा ड्यानियल मिड्येडिभलाई ३–० को सोझो सेटमा हराउँदै जाकोविचले उपाधि जिते।
जोकोबिचले चौथो वरियताका मिड्येडिभलाई ६–४, ६– र ७–५ को सोझो सेटमा हराएका हुन्।
उनले यससँगै नवौँ पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन्। त्यस्तै १८ औँ ग्राण्डस्लम उपाधि पनि जिते।
सर्वियन जोकोविचले मेलबर्नमा खेलेका सबै फाइनल जितेका छन्। उनी सर्वाधिक टेनिस जित्ने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन्।
यसअघि रोजर फेडेरर र राफेल नाडालले समान २०/२० पटक उपाधि जितेका छन्।
त्यस्तै, हिजो शनिबार सम्पन्न महिलातर्फको उपाधि भने तेस्रो वरियताकी जापानी स्टार नाओमी ओसाकाले जितेकी थिइन्।
२४ औं वरियताको जेनिफिर ब्रडीलाई हराउँदै २३ वर्षीया जापानी स्टारले उपाधि जितेकी थिइन्। उनको त्यो लगातार दोस्रो उपाधि हो भने लगातारको २१ औं जित पनि हो।
त्यसअघि उनले सेरेना विलियम्सविरुद्ध संघर्षपूर्ण जित निकाल्दैं फाइनलमा पुगेकी थिइन्।
फाइनलमा ६–४ र ६–३ को सोझो सेटमा जित निकाल्दै उपाधि जितिन्।