विराटनगर – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा अस्थिरता उत्पन्न हुने बताएका छन्।
विराटनगरमा आयोजित प्रदेश १ स्तरीय जनसभालाई आज सम्बोधन गर्दै ओलीले संसद्पुनर्स्थापना भए सरकार बनाउने र ढाल्ने खेल चल्ने बताएका हुन्।
‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने खेल चलिरहन्छ,’ उनले भने, ‘यही अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो।’
सर्वोच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको उनको भनाइ छ।
यस्तै उनले सभामुख झगडिया भएर हिँड्न नसुहाउने बताए। उपराष्ट्रपति पनि सरकारको विरूद्धमा बोल्दै हिँड्नु विडम्बना भएको उनको भनाइ छ।