बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले विराटनगरको जनसभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले विराटनगरको जनसभामा सम्बोधन गर्ने

शनिबार ओली नेतृत्वको नेकपाले विराटनगरमा जनसभा गर्दैछ। प्रदेश १ स्तरीय जनसभालाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउन लागेका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर– सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व र दाहाल–नेपाल नेतृत्वको समूह यतिबेला शक्ति प्रदर्शनमा छन्। 

triton college

यही क्रममा शनिबार (आज) ओली नेतृत्वको नेकपाले विराटनगरमा जनसभा गर्दैछ। प्रदेश १ स्तरीय जनसभालाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउन लागेका छन्। 

विहान ११ बजे विराटनगर पुगेर उनले  सभालाई सम्बोधन गर्दै अरु पनि कार्यक्रममा सहभागी हुने नेकपा ओली समूहका केन्द्रीय सदस्य विनोद ढकालले बताए। 

जनसभाका लागि कार्यक्रमस्थल सिङ्गार्नेदेखि सुरक्षा व्यवस्थालगायतका आवश्यक तयारी पुरा भएको ढकालको भनाइ छ।  

ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। दाहाल–नेपाल नेतृत्वको नेकपा समूह ओली कदमकाे बिरोधमा छ। उसले प्रतिनिधिसभा पुर्नस्थापनको माग गरिरहेको छ भने ओली समूहले प्रतिनिधिसभा विघटनको कारण र  औचित्य पुष्टि गर्न सभा, सम्मेलन गर्दै आएको छ।   

corrent noodles
Metro Mart

सोही क्रममा आज विराटनगर महानगरपालिका २ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित सभामा लाखौं  समर्थक उतार्ने दावी ओली समूहका छ। 

आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल,सुवासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

ओली विराटनगर आउने भएपछि यहाँको  सुरक्षा व्यवस्था कडा पारिएको छ। विराटनगरमा शुक्रबारदेखि नै  चारवटै सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट जनशक्ति खटाइएको छ।  

जनसभाको व्यवस्थापन, सुरक्षा र यातायातमा करोडौं रकम खर्च हुने अनुमान गरिएको छ। ओली आजै ४ बजे काठमाडौं फर्कने छन्। 

प्रकाशित: Feb 20, 2021| 01:59 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।