काठमाडौं– पोस्तक श्रेष्ठको कथासंग्रह ‘मुन्नी’ बजारमा आएको छ।
२२ कथा समेटिएको पुस्तक लिपि बुक्सले प्रकाशन गरेको हो।
प्रकाशन संस्था लिपि बुक्सले जनाएअनुसार ‘मुन्नी’मा मायाप्रेम, युवा, द्वन्द्व, सामाजिकलगायत कथावस्तु समेटिएको छ।
संग्रहभित्रको एउटा कथाबाट पुस्तकको नामाकरण गरिएको छ।
लेखक पेशाले पर्यटन व्यवसायी हुन्। उनले कविता र कथा विधामा कलम चलाउँदै आएका छन्।
पुस्तकको मूल्य ३५० तोकिएको छ।