काठमाडौं– प्रदेश २ को प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदबाट के कारणले हटाइएको भन्नेबारेमा केही जानकारी नभएको बताएका छन्।
राष्ट्रपतिले शुक्रबार पदबाट हटाइएपछि उनले नेपाल समयसँग भने, ‘के कारणले हटाइयो भन्ने मलाई केही थाहा छैन। उहाँहरुले इमेलबाट पठाउनुभएको पत्र पाएको छु।’
उनले पत्रमा हटाउनुको कारण केही नखुलाइएको र आफूलाई पनि केही जानकारी नभएको बताए।
उनले भने, ‘पदबाट हटाएपछि अब खुरुखुरु जाने।’
परियारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
उनी तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य हुन्।
परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए ।
प्रदेश २ का प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त भएका छन्।