काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको सो समूहले केन्द्रीय कमिटीका सदस्यहरूलाई आकस्मिक रूपमा केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन दिएको थियो।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले परिवर्तित राजनीतिक अवस्था र सम्भावित परिदृष्यबारे ब्रिफिङ गरेका थिए।
नेतात्रयले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कठोर संघर्षका लागि पनि तयार हुनुपर्ने बताएको केन्द्रीय अञ्जना विशुंखेले बताइन्।
‘दीपावाली गर्न पनि तयार हुनुस्, सशक्त आन्दोलनका लागि पनि तयार रहनुस्। अदालत र निर्वाचन आयोगबाट जुनसुकै निर्णय आउन सक्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भनिन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे पञ्चायतकालीन अदालत भएको ठहर गर्दै आन्दोलनमा जानुपर्ने नेताहरुले बताएका थिए।
आजको बैठकमा २९० जना केन्द्रीय सदस्यहरु नागरिकता लिएर उपस्थित भएका थिए।
प्रतिनिधिसभा विघटनपछि आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ। तर, नेकपाको विवाद अझै निरुपण हुन सकेको छैन।
उता, सर्वोच्च अदालतमा यो विषय विचाराधीन छ।