शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा बहस सकियो, बहस नोटका लागि तीन दिनको समय

संवैधानिक इजलासमा बहस सकियो, बहस नोटका लागि तीन दिनको समय

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएको छ। शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि बहस सकिएको हो।

triton college

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहस सकिएपछि यही फागुन १० गतेभित्र बहस नोट दिन आग्रह गरेका छन्। उनले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई बहस नोट पेश गरिसक्न भनेका हुन्।

बहस नोट पेश भएपछि मुद्दा हेर्दाहेर्दैमा जाने र निर्णय आउन केही समय लाग्ने बताइएको छ।

आज एमिकस क्युरीका तर्फबाट अन्तिम बहस गरेकी वरिष्ठ अधिवक्ता गीता पाठकले संसद् विघटन संविधान विपरीत भएको जिकिर गरिन्।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 19, 2021| 09:01 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।