धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख शर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरेका छन्।
पुस्तकमा प्रदेश सरकारका सात मन्त्रालयले तीन वर्षमा गरेका कामको विवरण समावेश गरिएको छ। पुस्तकमा प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ।
सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भए पनि त्यसको परिणाम आउन समय लाग्ने बताए।