बुधबार, वैशाख १२, २०८१

एक अर्बको जग्गा बेच्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ। बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा छ।

triton college

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गा उसले बिक्री गर्न लागेको हो। यी कित्ताको क्षेत्रफल क्रमश २५४.५०, २५४.५०,  ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५ सय २७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो।

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ को जग्गा पनि बेच्न लागेको छ।

यी कित्ताको क्षेत्रफल क्रमश ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२२९.७० वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी ६ आना २ पैसा ३ दाम हो।

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम जग्गा बिक्री गर्न लागेको हो। इच्छुक खरिदकर्ताले जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ।

corrent noodles
Metro Mart

बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थालाई यही फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। आएका बोलपत्र फागुन २१ गते बैंकको कमलादीस्थित कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ।

प्रकाशित: Feb 18, 2021| 06:32 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्