काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन्। अवहेलना मुद्दाको लिखित जवाफ लिएर भर्खरै प्रधानमन्त्री सर्वोच्च पुगेका हुन्।
प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा रिट निवेदन हालेका थिए।