मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्जलाई थुनामा राख्न आदेश

पक्राउ परेका विप्लव समूहका मोरङ इन्चार्जलाई थुनामा राख्न आदेश

मोरङको बूढीगंगाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

विराटनगर- मोरङको बूढीगंगाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। 

triton college

बिकविरुद्ध चलाइएको हाततियार खरखरजना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यस्तो आदेश दिएको हो। संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका ३२ वर्षीय बिकलाई प्रहरीले व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा गत मा ७ गते हतियारसहित पक्राउ गरेको थियो। 

मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा पनि संलग्नता देखिएपछि बिकविरुद्ध हातहतियार खरखजना तथा अपहरण र कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। हतियारका बारेमा अनुसन्धान सक्दै प्रहरीले मिसिल बुझाएपछि विकलाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो।

त्यही मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए। अदालतको आदेशपछि बिक कारागार चलान भएका छन्।

हातहतियार खरखरजना मुद्दामा उनी एक्लैलाई प्रतिवादी बनाइएको थियो। तर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा भने बिकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासमेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ। मुद्दाको बहस भने आगामी आइतबारबाट सुरु गरिने श्रेस्तेदार दाहालले बताए। 

corrent noodles
Metro Mart

‘विप्लव’ समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो। मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको हो। घटना भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए। 

शिक्षक हत्यामा संलग्न भएको आरोपमा मोरङ केराबारी गाउँपालिका– ६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राईलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

मुद्दाका अभियुक्तमध्ये बिक मात्रै पक्राउ परेका छन्। हत्याको जिम्मा लिने प्रतापसहित ‘विप्लव’ समूहका महासचिव चन्द, प्रवक्ता विश्वकर्मा लगायत सबै फरार छन्। प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले हत्या घटनामा पक्राउ परेका एक र फरार रहेका सहित ३५ जनालाई अभियुक्त बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो। 

प्रकाशित: Feb 17, 2021| 12:03 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।