शुक्रबार, वैशाख १४, २०८१

निजी अस्पतलाको ओपीडी शुल्क ४० प्रतिशतसम्म बढ्यो

आज (बुधबार) देखि निजी अस्पतालको ओपीडी शुल्क बढेको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौ- आज (बुधबार) देखि निजी अस्पतालको ओपीडी शुल्क बढेको छ।

triton college

नेपाल चिकित्सक संघ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिचयुसन नेपाल (अफिन) ले सूचना जारी गर्दै चिकित्सकहरुको ओपीडी शुल्क बढाएको छ।

नयाँ शुल्कअनुसार न्यूनतम ३७० देखि अधिकतम ८२५ रुपैयाँ तोकिएको छ। त्यसमा नर्सिङ होम तथा अस्पतालहरुले थप २० प्रतिशत चार्जसमेत जोड्न पाउने गरी निर्णय गरेको छ। 

नयाँ निर्णयअनुसार डिएम एमसीएच गरेको र पाँच वर्ष अनुभव प्राप्त चिकित्सक वा एमडीएमएस, एमडीएस गरेको १० वर्ष अनुभव प्राप्त चिकित्सकलाई ८२५ रुपैयाँ ओपिडी शुल्क तोकिएको छ। एमबीबीएस वा बिडीएस गरी पाँच वर्ष अनुभव नपुगेको चिकित्सकको ओपीडी शुल्क ३७० रुपैयाँ तोकिएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले नेपाल समयसँग भने, ‘शुल्क बढाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति नभएपछि एनएमए र अफिनले एकतर्फी रुपमा शुल्क बढाएका हौँ।’ 

corrent noodles
Metro Mart

२०७१ असोज १ देखि लागू भएको ओपिडी शुल्क दुई–दुई वर्षमा समायोजन गर्नुपर्ने भए पनि त्यो अहिलेसम्म समायोजन भएको थिएन। डा. कार्कीका अनुसार स्वास्थ्य स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुले स्वास्थ्य तथा मन्त्रालयमा माघ ४ गते भएको सम्झौतामा ३० दिनभित्र शुल्क समायोजन गर्ने निर्णय भएको थियो।

तर त्यसको कार्यान्वयन नभएपछि आँफैले बाध्य भएर शुल्क बढाएको जनाएको छ। कार्कीका अनुसार निजी अस्पतालको ओपीडी शुल्कमा ३५–४० प्रतिशतसम्म शुल्क बढेको छ।

प्रकाशित: Feb 17, 2021| 10:04 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।