बिहीबार, वैशाख १३, २०८१

अण्डाको फण्डा : मूल्य घट्यो, तर उपभोक्ताले पाएनन् राहत

उत्पादकले लागत नपाउने गुनासो गरिरहँदा उपभोक्ताले पनि राहत पाउन सकेका छैनन्। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– काठमाडौं घट्टेकुलोका अण्डा व्यवसायी निर्मल श्रेष्ठ सातादिन अघिसम्म कुखुराको अण्डा प्रतिक्यारेट ३८५ रुपैयाँमा बेच्थे। अहिले भने यो मूल्य ३६० रुपैयाँमा झरेको छ। कारण– माग घट्नु। बर्डफ्लुका कारण माग घटेको हुनसक्ने अनुमान व्यवसायी श्रेष्ठको छ। 

triton college

अण्डाको मूल्य घटेछ भनेर खुसी हुनुभयो होला। तर, सबैका लागि घटेको होइन अण्डाको मूल्य। होलसेल किन्नेका लागिमात्र घटेको हो। खुद्रा किन्दा अहिले पनि एउटा अण्डाको १५ रुपैयाँ नै पर्छ। 

अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले स्वस्थानी व्रतलगायत धार्मिक कारणले अण्डाको माग घटेको बताउँदै थोक मूल्य घटेको बताए। उत्पादन पनि केही घटेको उनले सुनाए। केसीका अनुसार अहिले ठूलो अण्डाको फार्म मूल्य ३२० रुपैयाँ प्रतिक्यारेट छ।

मिडियम साइज अण्डाको फार्म मूल्य ३०० रुपैयाँ प्रतिक्यारेट छ। एक क्यारेटमा ३० वटा अण्डा हुन्छन्। यसअनुसार १० रुपैयाँको हाराहारीमा अण्डा बिक्री गर्नुपरेको र सो मूल्य लागत मूल्यभन्दा कम रहेको केसीको भनाइ छ।

गत वर्ष पशु सेवा विभागले गरेको अध्ययनअनुसार नेपालमा एउटा अण्डा उत्पादन गर्न ११ रुपैयाँ ५३ पैसा लागत पर्छ। यद्यपि चल्ला र दानाको मूल्यअनुसार उत्पादन लागत घटबढ हुने गर्छ। ‘अहिलेको स्थितिमा न हामी उत्पादकले लागतअनुसारको मूल्य पाएका छौं। न त मूल्य घट्दा उपभोक्ताले नै राहत पाएका छन्,’ केसीले भने।

corrent noodles
Metro Mart

उत्पादकले लागत नपाउने गुनासो गरिरहँदा उपभोक्ताले पनि राहत पाउन सकेका छैनन्। यस्तो अवस्थामा सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमन निरन्तर भइरहेको र अण्डाको मूल्यको विषयमा पनि अनुगमन गरिने बताएको छ। विभागका निर्देशक शिवराम सेढार्इंले चल्ला र दानाको मूल्यसहित अण्डाको विषयमा पनि अनुगमन गरिने बताए।

‘दाना र चल्लाको विषयमा पनि विभागमा व्यवसायी आएर गुनासो गरिरहेका थिए। यी सबै विषयलाई नोटिसमा राखेका छौं, अनुगमन गर्छौं,’ उनले भने। थोकमा मूल्य घटेपछि खुद्रामा पनि घट्नुपर्ने बताउँदै सेढाईंले के कारणले यस्तो भएको हो अनुगमन गरेर पत्ता लगाइने बताए।

अण्डा उत्पादक संघका अध्यक्ष केसीले भने उत्पादकदेखि उपभोक्तासम्म बिक्री गर्दा बीचमा सहभागी हुने विक्रेताले चलखेल गर्दा उत्पादकले लागत मूल्य नपाउने र उपभोक्ताले पनि सस्तोमा नपाएको तर्क गरे।

प्रकाशित: Feb 17, 2021| 09:18 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्