मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आईपीओ जारी गर्ने महालक्ष्मी लाइफ इन्स्योरेन्सको निर्णय

आईपीओ जारी गर्ने महालक्ष्मी लाइफ इन्स्योरेन्सको निर्णय

 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

triton college

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा  सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बिमा क्षेत्रको अवस्था र समस्याबारेमा जानकारी गराएका थिए।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए।

सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आव २०७५–७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको घोषणा गरिएको थियो। त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निश्काशन गर्ने निर्णय गरेको छ। 
 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 17, 2021| 07:10 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्