शनिबार, वैशाख ८, २०८१

सहिद रंगशालामा फ्लड लाइट परीक्षण

सहिद रंगशाला विराटनगरमा फ्लड लाइटको परीक्षण गरिएको छ। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

विराटनगर– सहिद रंगशाला विराटनगरमा फ्लड लाइटको परीक्षण गरिएको छ। 

triton college

मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाइटको परीक्षण गरिएको हो। 

फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ। 

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो। 

२१० दिनभित्र काम सक्ने सम्झौता भए पनि कोरोनाका कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकिएको कार्की बन्धु अमर जेभीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताए। 

corrent noodles
Metro Mart

कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्ष भित्रमा फ्लड लाइट जडान गर्न भनेका थिए। 

नेपालमै नयाँ परियोजना भएका कारण काम गर्न धेरै चुनौती भए पनि सम्पन्न गर्न सफल भएको उनले बताए। 

एकसाता भित्रमा काम सम्पन्न गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिने कार्कीले बताए। 

फ्लड लाइटको परीक्षणको अवलोकन गर्दै निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेले प्रदेशवासीका लागि गौरवको आयोजना तयार भएको बताए। 

उनले सबैको साथ सहयोगले रंगशालामा फ्लड लाईट स्थायी व्यवस्थापन भएको बताए। उनले सम्बन्धित निकायले फ्लड लाइटको दिगो व्यवस्थापनका लागि आवस्यक कार्यविधि र मापदण्ड बनाउन आवश्यक रहेको बताए। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव वसन्त अर्यालले फ्लड लाईटको जडानका कारण रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए। 

उनले गर्मी मौसममा पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए। अर्यालले भने, ‘चैत–वैशाखको समयमा पनि प्रतियोगिता गर्न सकिने भयो।’ 

विराट गोल्डकपले मात्र रंगशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरीय प्रतियोगिताहरु, प्याब्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता पनि रात्रिकालीन गरेर आम्दानी बढाउनुपर्ने बताए। 

दशरथ रंगशाला व्यवस्थापनको जिम्मेवारी एन्फाले लिए जस्तै यहाँ पनि कार्यविधि बनाउन आवस्यक रहेको उनको सुझाव छ। 

सहिद रंगशालामा प्रतियोगिता बाहेकका अन्य गतिविधिमा रोक लगाउनुपर्ने जिल्ला खेलकुद विकास समिति मोरङका पूर्वअध्यक्ष किशोरलाल अमात्यको सुझाव छ।  

फ्लड लाइट व्यवस्थापन हेर्दै आएका सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिका चौलागाईले सरकारले जहिल्यै खर्च व्यहोर्न नसक्ने भएकाले आवश्यक कार्यविधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताए। 

सहिद मैदानको चार कुनामा जडान गरिएको १०८ फिट अग्लो मास्टमा १०८ वटा बल्व जडान गरिएको छ। सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई  ४ करोड २९ लाख रूपैयाँमा ठेक्का दिएको थियो । 

फ्लड लाईट सञ्चालनका लागि प्रतिघण्टा २७ लिटर डिजल खर्च हुने प्राविधिकले बताएका छन्।  

प्रकाशित: Feb 17, 2021| 02:14 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।