बिहीबार, वैशाख १३, २०८१

होसियार ! फेसबुकमार्फत ठगिनुहोला 

गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका ६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी भयो। 
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका ६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी भयो। 

triton college

ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताए। लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, ‘मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु।’

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ। सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए। उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राखियो। 

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला सुरु हुन्छ। आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थालिन्। पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाइन।  

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैंकको खातामा तीन लाख ५५ हजार जम्मा गरिन्। 

corrent noodles
Metro Mart

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाइन् तर चिठ्ठाको रकम र ल्यापटप भने हात परेन। प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन्। भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिइन्। प्रहरीले अनुसन्धान थाल्यो। उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा ६ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ ग र्‍यो । 

यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परे। पीडित बुढामगरमा न्यायको आसा पलायो। 

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार सो संगठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका ५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका १६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका ३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन्।

यस्तै झापाको गौरदह नगरपालिका ५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडौं महानगरपालिका १६ वसन्तपुर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन्।

सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय–एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले संगठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

पक्राउ परेकासँग लिइएको बयानका क्रममा सो संगठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ। ‘फरारमध्ये दुई जना मलेशिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ’, प्रउ श्रेष्ठले भने। 

संगठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ। पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए। उनले त्यस्ता कुनै शंकास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए। 

प्रकाशित: Feb 17, 2021| 01:00 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।