शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कार्यकर्ताको ढुंगामुढाबाट कांग्रेसका १० जना घाइते

नेकपा कार्यकर्ताको ढुंगामुढाबाट कांग्रेसका १० जना घाइते

बैतडीको डिलासैनी गाउँपालिका– ३ पन्सेरा गाउँमा नेपाली कांग्रेसको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका १० जना कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस बैतडीले मार्फत जनाएको छ। 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

बैतडी– बैतडीको डिलासैनी गाउँपालिका– ३ पन्सेरा गाउँमा नेपाली कांग्रेसको विरोध सभामा नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका १० जना कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस बैतडीले मार्फत जनाएको छ। 

triton college

शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको बेला सभा बिथोल्नका लागि आएका स्थानीय ओली पक्षका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको कांग्रेसको भनाइ छ। नेकपा ओली पक्षका कार्यकर्ताले नाराबाजी गर्दै ढुंगामुढा प्रहार गरेपछि कांग्रेसको सभा केहि समयका लागि बिथोलिएको थियो।

जिल्लाको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदको प्रमुख आतिथ्यतामा संसद् विघटनविरुद्ध विरोध सभा आयोजना भएको थियो।

कार्यक्रममा नेविसघंका पूर्वअध्यक्ष नैनसिंह महर, महिला संघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलालगायत नेताहरुको उपस्थिति थियो।

विरोधसभा सुरु हुन नपाउँदै कार्यक्रमस्थलमा नारावाजीसहित नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा बैतडीका जिल्ला सभापति सुरेन्द्र पालले सुनियोजित आक्रमण गर्न लगाएको कांग्रेसका स्थानीय नेताहरुको आरोप छ।

corrent noodles
Metro Mart

आक्रमणमा एनपी साउदसहित नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुमन केसी, शंकरदेव क्याम्पस इकाइ समिति सचिव मदनराज उपाध्यायलगायत घाइते भएका छन्। 

कांग्रेस केन्द्रीय सदस्य साउदले प्रधानमन्त्रीकै पार्टी नेकपाका कार्यकर्ताले कार्यक्रममा ढुंगामुढा प्रहार गरेको भन्दै आपत्ति जनाएका छन्। 

प्रकाशित: Feb 16, 2021| 15:06 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।