शुक्रबार, वैशाख ७, २०८१

लगानी प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता

प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

विराटनगर– प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ। 

triton college

मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा मंगलबार प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

प्राधिकरणले प्रदेश १ का ६० वटा योजना पहिचान गरी सूचीकृत गरिसकेको छ। 

सूचीकृत योजनामा स्वदेशी तथा विदेशी लगानी कम्पनी सहभागी हुने भनिएको छ।

मुख्यमन्त्री राईले प्रदेश नं १ को विकास र समृद्धिको बाटोमा लगानीकर्ताको ध्यान केन्द्रित भएको बताएका छन्। 

corrent noodles
Metro Mart

लगानी तथा वित्तीय व्यवस्थापनमा प्राधिकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा उपलब्धि हासिल हुने उनले बताए। 

इन्फ्रास्ट्रक्चर बैंकका कार्यकारी अधिकृत खतिवडा र प्राधिकरणका निर्देशक कोइरालाले प्रदेशका सूचीकृत योजनालाई समयमै सम्पन्न गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए। 
 

प्रकाशित: Feb 16, 2021| 12:23 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्