भोपाल (भारत) - भारतको मध्यप्रदेशमा आज बिहान यात्रुवाहक बस नहरमा खसेको छ। बसमा ५४ यात्रु थिए।
कम्तीमा चारजनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यम भास्करले लेखेकाे छ।
नहरबाट सात जनाकाे भने उद्धार गरिएकाे छ।
शवको पहिचान अहिलेसम्म नभएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन्।
बाँकी यात्रुहरूको खोजी कार्य जारी छ।
दुर्घटना रिवा–सीधी सीमास्थित छुहियाघाटीमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बस खसेको नहर वाणसागर परियोजनाको हो। बस सीधीबाट सतना जान लागेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो।