बिहीबार, वैशाख १३, २०८१

ओलीका हरेक काम संविधानविपरीत छन् : आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो निर्णय संविधानविपरीत रहेको बताएका छन्। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो निर्णय संविधानविपरीत रहेको बताएका छन्। 

triton college

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले गरेका हरेक निर्णय संविधानविपरीत रहेको उनको भनाइ छ। सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरुद्ध नेपाली कांग्रेस मोरङले सोमबार विराटनगरमा गरेको विरोधसभामा नेता आचार्यले सो कुरा बताएका हुन्। उनले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे। 

नेता आचार्यले जनता नै सबैभन्दा ठूलो अदालत भएको बताए। जनतामाझ सरकारका असंवैधानिक कदमहरु मुद्दाको रुपमा लैजाने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस एक्लै सडक संघर्षमा जाने आचार्यले बताए। 

केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा आम नागरिक स्वःस्फूर्त विरोधमा उत्रिएको बताए। उनले संविधानको वैधानिक संरचनाहरु संरक्षण गर्न सरकार चुकेको बताए। 

विरोध कार्यक्रममा केन्द्रीय सदस्य पवन सारडा, मोरङ सभापति डिगबहादुर लिम्बू, उपसभापति शिवनारायण गनगाईलगायतका नेताले सरकारले संविधानको भावना अनुसार काम नगरेको आरोप लगाएका थिए।
 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 15, 2021| 11:44 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।