शनिबार, वैशाख ८, २०८१

संसद् पुनःस्थापना हुनेमा ढुक्क छु : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अदालतबाट संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अदालतबाट संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

triton college

प्रतिनिधिसभा विघटनविरुद्ध सुनसरीमा आयोजित विरोधसभामा नेता कोइरालाले संविधान हेरेर फैसला गर्दा पुनःस्थापना भन्दा अर्को विकल्प नरहेको बताएका हुन्। 

कोइरालाले राष्ट्रपतिको भूमिका संविधानको संरक्षकको रुपमा हुनुपर्नेमा त्यस्तो नभएको बताए। सरकारले राज्यको ढुकुटी खर्च गरेर विरोधसभा गरिरहेको भन्दै उनले आपत्ति जनाए।

नारायणहिटी दरबारलाई पिठ्युँ देखाएर ओलीले ‘मैले जे बोल्छु त्यही कानुन हो भनेर देखाउन खोजेको’ उनको भनाइ थियो। साइबर सेना लगाएर नागरिकलाई तर्साउने र धम्क्याउने प्रयास ओलीले गरिरहेको उनले बताए।
 

प्रकाशित: Feb 15, 2021| 10:52 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।