बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको दबाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयो : महर

नेकपाको दबाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयो : महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुबै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन्।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुबै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन्। 

triton college

आधिकारिक रुपमा विभाजन भइनसकेका दुवै समूहको दबाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ। नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ‘लखन’ को हत्याको विरोधमा बझाङको पाथिभरामा आयोजित विरोध सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक संकट प्रतिदिन गहिरिँदै गएको बताए।

‘सर्वोच्च अदालतलाई राजनीतिक दबाबमा राख्ने काम भएको छ’, नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले भने– ‘अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा धु्रविकरणसँगै संकट थपिदै गएको छ।’

महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए। ‘अदालतले फैसला गर्न जति समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ’, उनले भने, ‘अदालतको निर्णयमा कुनै पनि खाले दबाब देखिनु हुँदैन।’ सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाए।

साथै उनले कम्युनिष्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन संविधानमाथि गरिँदै आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए।

corrent noodles
Metro Mart

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा नेता महरले सरकार आफै अपराधीको नाइकेजस्तै देखिएको आरोप लगाए। ‘सत्तारुढ दलकै जिम्मेवार मान्छेको संलग्नतामा कांगेस कार्यकर्ताको हत्या भएको छ’, उनले भने, ‘कानुनी राज्यमाथिको योभन्दा ठूलो चुनौती के हुनसक्ला अरु ?’

निर्मला पन्तका हत्यारा सरकारले नै जोगायो भन्दै उनले अहिले भागरथी भट्टको अनुसन्धानमा ढिलाइ भइरहेको बताए।
नेकपाका कुनै पनि नेतालाई जनतामा जाने नैतिक बल बाँकी नरहेको उनको भनाइ छ।  कम्युनिष्ट शक्ति देशका लागि जहिल्यै दुर्भाग्य भएको आरोप लगाउदै नेता महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे।

प्रकाशित: Feb 15, 2021| 09:35 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।