काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षे उपलब्धिहरु सार्वजनिक गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा उनले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेको काम सार्वजनिक गरे।
सम्बोधनका क्रममा उनले जनतासमक्ष गरेको प्रतिबद्धता अनुसारको काम गर्न पार्टीभित्रकै नेताहरुले अवरोध सिर्जना गरेकाले नसकिएको भन्दै ताजा जनादेशका लागि जनासमक्ष जाने निर्णय गरेको बताए।
करिब २ घन्टा लामो सम्बोधनका क्रममा उनले सरकारले तीन वर्षको अवधि ठूलो उपलब्धिपूर्ण काम गरेको र कतिपय ठूलो आयोजनाको सुरुवात गरेको दाबी गरे।