शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकियो, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकियो, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकिएको छ। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं - २०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारका तीनवटा मोहडाको पुनर्निर्माण सकिएको छ। 

triton college

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ। 

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रवलीकरणमार्फत् भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनर्निर्माण गरिएको बताए।

corrent noodles
Metro Mart

उनका अनुसार मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनर्निर्माण गरिएको छ। 

साथै, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहने गरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरू निर्माण गरिएको उनको भनाइ छ। 

भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।

सिंहदरबार पुनर्निर्माणको कार्यान्वयनको गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रूपैयाँ खर्च भएको छ।

सिंहले उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरू जस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरू प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए।

यस्तै पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरू प्रयोग गरी प्रवलीकरण भइरहेको छ।

२०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको बताइन्छ।

प्रकाशित: Feb 15, 2021| 02:56 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।