काठमाडौं– आगामी तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना छ।
तराईका केही ठाउँमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो तीनदिन देशभरको तापक्रममा गिरावट आउन सक्छ।
त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ।