शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचनको बेला मनोमानी नियुक्ति नगर्न कांग्रेसको सुझाव

निर्वाचनको बेला मनोमानी नियुक्ति नगर्न कांग्रेसको सुझाव

आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको समयमा मनोमानी नियुक्ति नगर्न नेपाली कांग्रेसले सरकारलाई सुझाव दिएको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको समयमा मनोमानी नियुक्ति नगर्न नेपाली कांग्रेसले सरकारलाई सुझाव दिएको छ। 

triton college

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेसले आफ्नो धारणा राखेको हो।

छलफलमा सहभागी भएका नेता आनन्दप्रसाद ढुंगानाले पार्टीको तर्फबाट उक्त धारणा राखिएको बताए।

‘निर्वाचन घोषणा भइसकेपछि जथाभावी र मनोमानी नियुक्ति गर्न पाइँदैन,’उनले भने,‘अहिले सरकारले गरिरहेको छ। त्यो रोक्नुपर्छ।’

लोकसेवाले खोल्ने विज्ञापन लगायत गर्नैपर्ने नियुक्ति, सरूवा बढुवाका हकमा भने निर्वाचन आयोगसँग पूर्व स्वीकृति लिएर मात्रै काम गर्नुपर्ने उनले बताए। उनले नेपाली कांग्रेस संसद् पुनःस्थापना भए पनि वा निर्वाचन भए पनि अदालतलको फैसला मान्ने बताए। 

corrent noodles
Metro Mart

‘अहिले हामीले संसद विघटन संवैधानिक हो भनेर भनेका छैनौं,’उनले भने,‘तर, अब अदातले भोलि जे निर्णय गर्छ, त्यो त हामीले मान्नुपर्छ।’ उनले निर्वाचन आयोग संवैधानिक निकाय भएकाले उसले आफ्नो काम रोक्न नसक्ने बताए। 

‘आयोगले आफ्नो काम गर्दै जाने हो। भोलि सर्वोच्चले के निर्णय गर्छ थाहा छैन। पुनःस्थापना गरे एउटा भयो। तर, चुनावमा जाने भनिदियो भने त आयोगले अहिले तयारी नगरे कठिन हुन्छ।’

प्रकाशित: Feb 14, 2021| 12:22 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।