एजेन्सी- भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४६ जनाको शव फेला परेको छ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आज (आइतबार) थप ८ जनाको शव भेटिएसँगै हालसम्म शव भेटिनेको संख्या ४८ पुगेको छ।
जिल्ला प्रशासन कार्यालय चमोलीले तपोवन जलविद्युत परियोजनाको सुरुङबाट थप ८ जनाको शव निकालिएको जानकारी दिएको छ।
आजसम्म भेटिएका शवमध्ये १५ जनाको पहिचान भएको जनाइएको छ।
स्थानीय सञ्चारमाध्यमरुले अन्य १२ जनाको शव भेटिएको समाचार प्रकाशित गरे पनि प्रशासनले पुष्टि नगरेको बीबीसी हिन्दीले जनाएको छ।
उत्तराखण्डका डीजीपी अशोक कुमारका अनुसार तपोवन सुरुङमा उद्धार कार्य लगातार जारी रहेको छ।
हिमताल फुटेर धौलीगंगा र अलकानन्द नदीमा आएको बाढीमा परी झण्डै १६० जना बेपत्ता भएको बताइएको छ। घटनमा परी बेपत्ता र मृत्यु हुनेमा नेपाली कामदार पनि छन्।