शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपलब्धि रक्षा गर्न मिलेर संघर्ष गर्नुपर्ने बेला आयो : दाहाल

उपलब्धि रक्षा गर्न मिलेर संघर्ष गर्नुपर्ने बेला आयो : दाहाल

नेकपा दाहाल नेपाल पक्षीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपलब्धिमाथि हमला भएको भन्दै त्यसको रक्षाका लागि एकै ठाउँमा उभिएर संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- नेकपा दाहाल नेपाल पक्षीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपलब्धिमाथि हमला भएको भन्दै त्यसको रक्षाका लागि एकै ठाउँमा उभिएर संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्।

triton college

जसपा संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको गुमनाम आमाहरुको कथा नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘एकचोटी मोर्चा कसेर अहिलेको परिस्थितिमा अघि बढ्नुपर्ने अवस्था आएको छ, ‘उनले भने, ‘उपलब्धिमाथि हमला भएको छ। सबै एक ठाउँमा उभिएर संघर्ष गर्नुपर्ने छ।’

संविधान पूर्ण छ भनेर आफूहरुले अहिले पनि दाबी नगरेको भन्दै संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको उनले बताए। संविधानको मुल मर्ममाथि प्रहार भएको उनको भनाइ छ। 

आफूहरु र बाबुराम भट्टराईका बीचमा धेरै आयामहरु रहेको भन्दै पुस्तकले धेरै विषय समेटेको उनले बताए। 

corrent noodles
Metro Mart

‘समयले गम्भीर आत्मसमीक्षा र विमर्श गर्नुपर्नेतर्फ डोर्‍याएको छ, ‘उनले भने, ‘अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर अहिलेको परिस्थितले एउटा मुद्दामा उभिएका छौँ।’ 

प्रकाशित: Feb 13, 2021| 11:09 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।