बिहीबार, वैशाख १३, २०८१

ओलीले द्वन्द्व निम्त्याउन खोजे : नेपाल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । 

triton college

बिहीबार काठमाडाैंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्वन्द्वलाई निम्त्याएको बताएका हुन् । तत्कालिन शाही शासन कालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेवापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए । 

अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रेजसरी पक्राउ गरेको सरकारसँग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको बताए । उनले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री राम बहादुर थापालाई कारवाही हुन्छ कि हुदैन भनेर प्रश्न गरे । 

अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आन्तरिक लोकतन्त्र नमान्ने प्रधानमन्त्री केपी ओलीले देशको लोकतन्त्रको अभ्यासलाई पनि नमानेको बताए । लोकतन्त्रको अभ्यासलाई नमान्ने प्रमाणको रुपमा ओलीले संसद विघटन गरेको दाहालले बताए ।

प्रकाशित: Feb 11, 2021| 13:32 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।