शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सातै प्रदेशमा हवाई सम्पर्क विस्तार गर्दै गण्डकी प्रदेश

सातै प्रदेशमा हवाई सम्पर्क विस्तार गर्दै गण्डकी प्रदेश

पर्यटकीय नगरी पोखरा र औद्योगिक नगरी सिमराबीच अब सिधा हवाई उडान सुरु हुने भएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

पोखरा– पर्यटकीय नगरी पोखरा र औद्योगिक नगरी सिमराबीच अब सिधा हवाई उडान सुरु हुने भएको छ। गण्डकी प्रदेश सरकारले ७ वटै प्रदेशमा हवाई सम्पर्क स्थापित गर्ने अभियान अन्तर्गत सिमरामा उडान हुन लागेको हो।

triton college

यसका लागि यती र तारा एअरलाइन्स, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, पोखरा र सिमराका उद्योगी व्यवसायी र पर्यटनकर्मीबीच सहमति भएको छ।

गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ बाट साताको ३ दिन उडान गर्ने गरी यती तारा एअरलाइन्स सहमत भएको बताए। उनले भने, ‘यही सरकारको अवधिभित्र ७ वटै प्रदेशमा हवाई उडान गर्ने हाम्रो प्रतिबद्धता हो। भैरहवा र भरतपुर अहिले पनि उडान हुँदै आएको छ। विराटनगरमा सुरु गरे पनि अहिले रोकिएको छ, अब फेरि सुरु गर्छौं।’

उनका अनुसार पाखराबाट सिमरा हप्ताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछ। अहिलेका लागि भाडादर ४५ सय रुपैयाँ तोकिएको छ। सडकमार्गबाट पोखरा सिमरा ५ घन्टा लाग्छ भने हवाई यात्रा ३० मिनेट। 

बिहीबार भएको बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयरमान बहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम, यती तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरलशमशेर जवरा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइराला, उद्योग वाणिज्य संघ जीतपुर सिमराका अध्यक्ष संजयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई तथा पर्यटन व्यवसायी सहभागी थिए। 

corrent noodles
Metro Mart

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि यो पहलले राहत दिने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिवबहादुर भट्टराईले बताए। 

प्रकाशित: Feb 11, 2021| 09:57 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्