काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकलाई भ्यालेन्टाइन डे को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ ।
सामान्यतया भ्यालेन्टाइन डे मा आफूलाई मन पराउने मायालुलाई उपहारस्वरुप विभिन्न गरगहना दिने चलन छ। यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू श्री बालाजी डाइमण्ड, विशालबजार र बालाजी डाइमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा यो सुविधा ल्याएको हो।
यसअनुसार ग्राहकले रु. ४० हजारदेखि रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन्। साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनोट गर्न सक्नेछन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट बैंकले दिनेछ।