काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुशताको अर्को उदाहरण भएको बताएका छन्।
नेपाल समयसँग छोटो कुराकानी गर्दै खनालले भने, ‘रामकुमारी झाँक्री नेपालको लोकतान्त्रिक आन्दोलनको प्रखर नेतृ हो। उनलाई घरमै गएर केपी ओलीका प्रहरीले पक्राउ गरे। यो अनौठो र निन्दनीय घटना हो।’
गत पुस ५ गतदेखि देशमा निरंकुशताको छाया घुमिरहेको भन्दै उनले झाँक्रीको गिरफ्तारी त्यसैको अर्को उदाहरण भएको बताए। उनलाई तुरुन्त निःसर्त, र सम्मानपूर्वक नछोडिए अकल्पनीय परिणाम आउने चेतावनीे खनालले दिए।