काठमाडौं– सरकारले नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत गिरफ्तार गरेको छ।
महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले झाँक्रीलाई मंगलबार थमाएको पक्राउ पुर्जीमा उल्लेख छ, ‘तपाईंलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले यो पुर्जी जारी गरिएको हो।’
यस्ता कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
झाँक्रीले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।’
झाँक्रीलाई प्रक्राउ गरी महाशाखामा राखिएको छ।
यस्तो छ दफा ५८