काठमाडौं– नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ।
प्रहरीसँगै शंखमूलमा नेकपाका कार्यकर्ताको पनि भीड लागेको छ। झाँक्री समर्थकहरुले प्रधानमन्त्रीलाई गाली गर्दै नाराबाजी गरिरहेका छन्।
प्रहरी झाँक्रीको निवासमा प्रवेश गर्ने प्रयास गरिरहेको छ भने कायकर्ताहरु प्रहरीलाई रोक्ने प्रयासमा छन्।
झाँक्री भने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइरहेकी छन्।
यसैबीच, झाँक्रीलाई तुरुन्तै छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्ने तयारी उनका समर्थकहरुले गरिरहेका छन्।