काठमाडौं– बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ।
बुधबार ९१ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ।
तेजाबी सुन बुधबार ९१ हजार ४०० मा कारोबार भएको थियो। आज ९१ हजारमा झरेको छ।
चाँदीको मूल्य २५ रुपैयाँ घटेर तोलाको एक हजार ३१५ कायम भएको छ।