शुक्रबार, वैशाख १४, २०८१

अर्को सातादेखि कोरोनाको खोप सरकारी कर्मचारीलाई

कोरोना भाइरसविरुद्धको खोप अर्को सातादेखि सरकारी कर्मचारीले लगाउन पाउने भएका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप अर्को सातादेखि सरकारी कर्मचारीले लगाउन पाउने भएका छन्। फागुन ४ गते मंगलबारदेखि सरकारी कर्मचारीको पालो आउने भएको हो। 

triton college

सुरुमा बढी भीडभाड हुने मालपोत, नापीलगायत कार्यालयका कर्मचारीलाई लगाइने र त्यसपछि अन्य कार्यालयका कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। माघ १४ गतेदेखि खोप अभियान सुरु भएकोमा स्वास्थ्यकर्मीले लगाइसकेका छन् भने अहिले पत्रकारहरुले लगाइरहेका छन्। 

अहिले लगाइराखिएको १० लाख डोज खोप भारतले अनुदानमा दिएको हो। यो खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

दोस्रो चरणको खोप भने कोभ्याक्सको सुविधाबाट प्राप्त हुने बताइएको छ। २२ लाख डोज खोपको आशमा सरकार देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोभ्याक्समार्फत अबको १० दिनमा खोप आउने सम्भावना छ।

corrent noodles
Metro Mart

कोभ्याक्सले पहिलो चरणमा २२ लाख डोज खोप दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। सरकारको खोप सल्लाहकार समितिका सदस्य खोपविज्ञ डा. श्यामराज उप्रेतीले पनि फागुन १० गतेसम्ममा कोभ्याक्सले उपलब्ध गराएको खोप आउनसक्ने सम्भावना देखिएको बताए।

कोभ्याक्सले गरिब देशका २० प्रतिशत नागरिकलाई पुग्ने खोप सुनिश्चित गरेको थियो। कोभ्याक्सले दिने खोप पनि अहिले प्रयोग भइरहेको कोभिसिल्ड नै हो।
 

प्रकाशित: Feb 11, 2021| 04:51 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।