शनिबार, वैशाख ८, २०८१

बुटवलमा गरिबको लगत संकलन सुुरु 

बुटवल उपमहानगरपालिकाले गरिब परिवार पहिचान गर्न तथ्यांक संकलन सुरु गरेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

बुटवल– बुटवल उपमहानगरपालिकाले गरिब परिवार पहिचान गर्न तथ्यांक संकलन सुरु गरेको छ। 

triton college

संघीय सरकारले बनाएको गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ का लागि बुटवलमा तथ्यांक संकलन सुरु गरिएको हो। 

गरिब वर्गलाई वर्गीकरण गर्ने, त्यसअनुसार परिचयपत्र वितरण गर्ने र विभिन्न सीपमूलक कायक्रममार्फत उनीहरुको आर्थिक रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।  

यथार्थ विवरणमा आधारित तथ्यांक संकलन गर्न र कुनै पनि प्रकारको कमीकमजोरी नगर्न उनले निर्देशन दिए। करिब पाँच महिनामा विवरण संकलन गरेर बुझाउने गरी गणकहरुसँग उपमहानगरले कार्य सम्झौता गरेको छ। 

तथ्यांक संकलनमा जाने गणकहरुलाई बुटवल उपमहानगरले पाँच दिने अभिमुखीकरण र विशेष अनुशिक्षण गराएर काममा खटाएको सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले बताइन्।

corrent noodles
Metro Mart

१९ वडामा २७ जना गणकहरुले वडा र टोल बाँडेर लगत संकलनको काम गरेको उपमहानगरले जनाएको छ। 

प्रकाशित: Feb 11, 2021| 04:31 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।