बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राकुटेन भाइबरले सन् २०२० मा पनि एशिया प्यासिफिक क्षेत्रमा प्रभाव कायम राख्यो

राकुटेन भाइबरले सन् २०२० मा पनि एशिया प्यासिफिक क्षेत्रमा प्रभाव कायम राख्यो

कोभिड–१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदानप्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट सन् २०२० मा पनि राकुटेन भाइबरले एसिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा वृद्धिको रेकर्ड बनाएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– कोभिड–१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदानप्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट सन् २०२० मा पनि राकुटेन भाइबरले एसिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा वृद्धिको रेकर्ड बनाएको छ। 

triton college

एसिया प्यासिफिक क्षेत्रमा सन् २०२० को डिसेम्बरको अन्त्यमा एपको प्रयोग ४२१ प्रतिशतले वृद्धि भई वर्षको अन्त्य गरेको थियो। सोही अवधिमा भाइबरले सन्देशहरु पठाउनमा ५०९ प्रतिशत र ग्रुपहरुमा सन्देशहरु पठाउनेमा व्यापक प्रयोगको रेकर्ड पनि राखेको छ। भाइबर कम्युनिटी फिचरले पनि कम्युनिटी सन्देश पठाउनेमा अत्यन्त मजबुत वृद्धि गरेको छ। सन् २०२० का यी तथ्यांकहरु सन् २०१९ मा सोही समयमा गरिएको तथ्याँकमा आधारित छन्।

यसले सन् २०२० लाई भाइबरको गएको १० वर्षको इतिहासमा सबैभन्दा बलियो वर्षको रुपमा साबित गरिदिएको छ र यसका साथै एशिया प्यासिफिक क्षेत्रमा नेपाल जस्तो निर्दिष्ट बजारहरुमा पनि सन् २०२० को जनवरी र २०२० को डिसेम्बर बीचको अवधि तुलना गरेर हेर्दा उल्लेख्य वृद्धि दर हासिल गर्न सफल भएको छ।

नेपालमा भाइबरको प्रयोगमा ३० प्रतिशतले वृद्धि भएको रेकर्ड राखेको छ। भाइबरमा प्रविष्ट नम्बरहरुको आधारमा नेपालीहरुले भाइबर सञ्चारमा गत वर्ष अधिक समय बिताएको देख्न सकिन्छ किनभने कम्युनिटीहरु हेर्ने दर्शकहरु २९० प्रतिशतले उछालिएको छ र कम्युनिटीहरुमा सन्देश पठाउनेको संख्यामा १६० प्रतिशतले वृद्धि भएको छ।

भाइबरको रेकर्ड अनुसार प्रयोगकर्ताहरुले सन्देशहरु प्रवाह गर्नेमा ३० प्रतिशतको वृद्धिदर र कल गर्नेमा २५ प्रतिशतको वृद्धिदर रहेकोले उनीहरुले मेसेज पठाउने र कल गर्ने गतिविधि बढेको छ।
 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 09, 2021| 05:37 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्