बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बन्द भएका वायु सेवा कम्पनीले प्राधिकरणलाई ११ करोड तिर्न बाँकी

बन्द भएका वायु सेवा कम्पनीले प्राधिकरणलाई ११ करोड तिर्न बाँकी

विगतमा सञ्चालनमा रहेर बन्द भइसकेका विभिन्न वायु सेवा कम्पनीहरुले ११ करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता नतिरेको पाइएको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं- विगतमा सञ्चालनमा रहेर बन्द भइसकेका विभिन्न वायु सेवा कम्पनीहरुले ११ करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता नतिरेको पाइएको छ।

triton college

नागरिक उड्ड्यन प्राधिकरणका अनुसार विभिन्न ११ वटा कम्पनीले ११ करोड २५ लाख ९४ हजार ३३६ रुपैयाँ बक्यतौता नतिरेको पाइएको हो।

प्राधिकरणका अनुसार नेकोन एयरले ४ करोड ७९ लाख ६० हजार ७५५.१९ रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ। शिवानी एयरको ५५ लाख ५१ हजार ०५३.९५ रुपैयाँ, अल्पाईन एयरको ७२ हजार ७२८.९५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

गोरखा एयरले २० लाख ३५ हजार २९.३६ रुपैयाँ, कर्णाली एयरले १७ लाख ४६ हजार ३००.०४ रुपैयाँ, माउण्टेन एयरले १२ लाख ७३ हजार ६९४.६९ रुपैयाँ, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार ०७०.९८ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै सांग्रिला एयरको १५ लाख ३७ हजार ८००.६८ रुपैयाँ, स्काईलाइन एयरवेजको १५ लाख ५० हजार ४००.९९ रुपैयाँ, एयर काष्टमण्डपको ७ लाख ३८ हजार ४४७.८८ रुपैयाँ र नेपाल एयरवेजको ५ लाख ५० हजार ०५४.४० रुपैयाँ सरकारी बक्यौता रकम बाँकी छ। 

corrent noodles
Metro Mart

प्राधिकरणले आफूअन्तर्गत विभिन्न कार्यालयमा उक्त करम बक्यौता नबुझाएको सोमबार सूचना सार्वजनिक गर्दै जानकारी गराएको छ। सूचनाअनुसार ३० दिनभित्र उक्त रकम र त्यसमा लाग्ने बिलम्ब शुल्क बुझाई हरहिसाब फरफराक गर्न अनुरोध गरिएको छ।

सूचनामा उल्लेख गरिएको बक्यतौता रकममा कुनै फरक परेको भए पनि प्रमाण पेश गरेर हिसाब मिलान गर्न सकिने जनाइएको छ।

एक महिनाभित्र हिसाब मिलान वा रकम बुझाउन नआएमा सम्बन्धित संस्थालाई नियमअनुसार हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

प्रकाशित: Feb 08, 2021| 09:58 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्