बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरुवा भएको ठाउँमा जानै मान्दैनन् डा. यादव, औषधि खरिद प्रक्रियामा आर्थिक चलखेल!

सरुवा भएको ठाउँमा जानै मान्दैनन् डा. यादव, औषधि खरिद प्रक्रियामा आर्थिक चलखेल!

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवलाई पाँच महिनाअघि सरुवा गरिएको हो। तर उनले अझै रमाना लिएका छैनन्। 
 |  सोमबार, माघ २६, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, माघ २६, २०७७

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादव सरुवा गरिएको ठाउँमा जानै मान्दैनन्। औषधि खरिदका लागि गरिएको टेन्डर प्रक्रियामा ठूलो रकम अनियमितता गरेको आरोप उनीमाथि छ।

triton college

जनकपुरधाम – प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवलाई पाँच महिनाअघि सरुवा गरिएको हो। तर उनले अझै रमाना लिएका छैनन्। 

स्वास्थ्य उपकरण र औषधि खरिदका लागि आह्वान गरिएको टेन्डर प्रक्रियामा अनियमितताको आरोप लाग्दा पनि उनले केन्द्र छाड्न मानेका छैनन्। 

सामाजिक विकास मन्त्रालयअन्तर्गतकाे केन्द्रमा उनकै हालीमुहाली छ। उनीविरुद्ध परेको मुद्दा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। यादवलाई भदौ ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको थियो।

नियमअनुसार उनी मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयमा हाजिर हुनुपर्ने हो। 

corrent noodles
Metro Mart

स्रोतका अनुसार केन्द्रमा आर्थिक लाभ भइरहेकाले उनी त्यहाँबाट सरुवा हुन नमानेका हुन्। स्वास्थ्य उपकरण खरिद प्रक्रियामा आर्थिक चलखेल गरेको आरोप उनीमाथि छ।

निर्देशक डा. यादवको ठाउँमा डा. राजीव झालाई पठाइएको थियो। यादवले रमाना नबुझेपछि झाले पनि त्यहाँ जिम्मेवारी पाएका छैनन्। प्रदेश स्वास्थ्य निर्देशनालय भने निमित्त निर्देशककै भरमा सञ्चालनमा छ।

आपूर्ति केन्द्रमा अनुचित लाभ लिन पाइने भएकाले सरुवा हुन नमानेको केन्द्रका एक कर्मचारीले बताए। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालले सामाजिक विकास मन्त्रालयको सिफारिसमा केन्द्रका निर्देशक डा. यादवको सरुवाका लागि पत्र पठाइएको बताए।

उनले भने, ‘अहिलेसम्म सामाजिक विकास मन्त्रालयले उनलाई किन त्यहाँबाट बोलाएन त्यो मलाई थाहा छैन। हामीलाई सामाजिक विकास मन्त्रालयले नै उहाँको सरुवा गर्न सिफारिस गरेको थियो। तर कुन स्वार्थले रमाना लिनुभएन, उहाँलाई नै सोध्नुस्।’

डा. यादव विगत एक वर्षदेखि आपूर्ति केन्द्रको निर्देशकका रुपमा कार्यरत छन्।

यादवले आफ्नो सरुवा भइसकेको स्वीकार गरे पनि सामाजिक विकास मन्त्रालयमा निर्देशकको पद नरहेकाले रमाना नलिएको बताए। 

उनले मुख्यमन्त्रीको कार्यालयले सरुवाका लागि गलत पत्र लेखेको दाबी गरे। 

टेन्डरमा अनियमितता 

व्यवस्थापन केन्द्रले आईसीयू बेड एन्ड एक्सेसरिज, हाई फ्लो नसल क्यानुअल, अक्सिजन हुड, पेसेन्ट मोनिटर, ईसीजी मेसिन, इन्फ्यजन पम्प, सिरिन्ज पम्प, इमरजेन्सी क्र्यास कार्ट, अक्सिजन सिलिन्डर, एचडीएल लगायतका सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो। 

सुरुमा जिल्लैपिच्छे अलगअलग १५ दिन म्याद दिई टेन्डर आह्वान गरिएको थियो। तर पुस ९ गते आठै जिल्लाका लागि सोही टेन्डर एकै ठाउँमा आह्वान गरेर अनियमितता गरेको आरोप निर्देशक डा. यादवमाथि छ। 

टेन्डरमा लभ मेडिकल हल जलेश्वर, बजरंग ट्रेडर्स, जीएच मेडिहेल्थ कन्सर्न प्रालि र ओम सर्जिकल कन्सर्न प्रालिले आवेदन दिएका थिए। 
यादवले अनियमितता गरी लभ मेडिकललाई टेन्डर पारेको आरोप बजरंग ट्रेडर्सका सञ्चालक राजकुमार झाले लगाए। 

नौ करोडको सो टेन्डर ओम सर्जिकलले सबैभन्दा कम चार करोड ५४ लाख ७६ हजार र जीएच मेडिहेल्थले पाँच करोड ८५ लाख ४० हजार रुपैयाँ बोलकबोल गरेका थिए। 

दुवै कम्पनीलाई कागजात अपुग रहेको भन्दै सूचीबाट हटाइएको थियो। सम्पूर्ण कागजात दुरुस्त भए पनि कमिसनका लागि तयार नभएका कारण आफूलाई टेन्डर नदिइएको झाले बताए।

बजरंग ट्रेडर्सले ६ करोड १४ लाख ४६ हजार ९९ सय २५ र लभ मेडिकलले सात करोड ६२ लाख ३० हजार रुपैयाँ बोलकबोल गरेका थिए। 

केन्द्रले लभ मेडिकलसँग गत १९ गते स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सम्झौता गरेको पाइएको छ। केन्द्रका निर्देशक डा. यादवले भने टेन्डर प्रक्रियामा रीत पुर्‍याएको दाबी गरेका छन्। 

उनले बजरंग ट्रेडर्सका सञ्चालकलाई टेन्डर उपलब्ध नगराएकै कारण पूर्वाग्राही ढंगले आरोप लगाएको बताए।

स्वास्थ्य सामग्री खरिदका लागि लभ मेडिकलसँग सम्झौता भइसकेपछि बजरंग ट्रेडर्सका सञ्चालक राजकुमार झाले उच्च अदालत जनकपुरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, केन्द्रका प्रमुख डा. प्रमोद यादव, लभ मेडिकल हल लगायतलाई विपक्षी बनाई गत माघ २० गते मुद्दा हालेका थिए। 

उच्च अदालत जनकपुरले माघ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले निवेदकको मागबमोजिम उत्प्रेषण आदेश जारी किन नहुनु पर्ने हो सोको आधार र कारण देखाउन विपक्षीलाई भनेको छ।  

प्रकाशित: Feb 08, 2021| 08:47 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।