शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस : ३५ जिल्लाले मात्र बुझाए क्रियाशील सदस्यको सूची, अझै टुंगिएन समायोजन

कांग्रेस : ३५ जिल्लाले मात्र बुझाए क्रियाशील सदस्यको सूची, अझै टुंगिएन समायोजन

अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजन समेत टुंगो लाग्न सकेको छैन।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका ३५ वटा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यको सूची केन्द्रीय कार्यालयमा बुझाएका छन्। पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति माघ मसान्तलाई तोकेको थियो।  

triton college

तर, समय सीमाभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यताको सूची केन्द्रमा नआउने पक्का भएको छ। १४ औं महाधिवेशनका लागि कांग्रेसले यसअघि मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लगाउने कार्यतालिका बनाएको थियो।

तर, कोरोना महामारीलगायतका कारण मंसिरभित्र क्रियाशील सदस्यता टुंगो लागेको थिएन। सोही कारण १९ पुसको केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरी माघ मसान्तभित्र क्रियाशील सदस्यको सूची बुझाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।  

तर, तोकिएको समय सीमा सकिन चार दिनमात्रै बाँकी रहँदा ३५ जिल्लाले मात्रै क्रियाशील सदस्यको सूची बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘अहिलेसम्म २५ जिल्लाको सूची प्राप्त भएको छ। जिल्लाबाटै सर्भरमा टाइप गर्ने व्यवस्था मिलाइएको छ,’ पौडेलले भने, ‘माघ मसान्तसम्म ६० जिल्लाको सूची प्राप्त होला।’ पौडेलको भनाइलाई आधार मान्दा माघ मसान्तसम्म ७७ वटै जिल्लाबाट क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयलाई प्राप्त हुनेछैन।

corrent noodles
Metro Mart

अझै टुंगिएन समायोजन

तीन वटा जिल्लामा समायोजनको काम नै हुन सकेको छैन। बारा, सिन्धुपाल्चोक र सप्तरीमा भौगोलिक समायोजन हुन बाँकी छ। 

निर्वाचन समितिले ७४ जिल्लाको समायोजनको काम सके पनि विवादका कारण तीन जिल्लाको समायोजन टुंगो लगाउन सकेको छैन। पुस ३ गते समितिले तीन जिल्लाको फाइल केन्द्रीय समितिमा फिर्ता पठाए पनि माघ १३ गतेको केन्द्रीय समितिले तीन जिल्लाको विवाद मिलाउन समितिलाई नै जिम्मेवारी दिएको छ। तर, अहिलेसम्म विवाद हल हुन सकेको छैन। 

समायोजनको काम सकिएका तर पुनरवलोकनका निवेदन दिएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायत जिल्लाको पुनरवलोकन गरी समायोजनको काम सक्न केन्द्रीय समितिले निर्वाचन समितिलाई जिम्मा लगाएको छ। समितिले विवाद समधानको प्रयास भइरहेको जनाएको छ। तीन जिल्लाको समायोजन सकिएपछि मात्रै पुनरवलोकनका लागि दिइएका निवेदनको अध्ययन गरिने समितिले जनाएको छ। 

यस्तै अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजन समेत टुंगो लाग्न सकेको छैन। विमलेन्द्र निधि नेतृत्वको समायोजन समितिले ९० प्रतिशत काम सकिएको र सहमति जुटाएर चाँडै काम सक्ने जनाएको छ। 

तोकिएन महाधिवेशनको मिति

पछिल्लो पटक तोकिएको महाधिवेशनको मिति अनुसार कांग्रेस महाधिवेशन ११ दिनपछि १४ औं महाधिवेशन उद्घाटन हुनुपर्ने हो। फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो। तर, तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने निष्कर्ष कांग्रेसले यसअघि नै निकाल्दै माघ मसान्तसम्म क्रियाशील सदस्यता बुझाउने मिति तोकेको थियो।  

तर, महाधिवेशनको मिति भने कांग्रेसले अझै तोक्न सकेको छैन। विधानतः १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र मातहतका सबै समितिको म्याद एक बर्ष अघि नै सकिइसकेको छ। विधानको थप गर्न मिल्ने एक वर्षको समय सीमासमेत फागुनमा सकिँदैछ। यस्तो अवस्थामा महाधिवेशन गर्न संविधानले दिएको ६ महिनाको समय बाँकी छ। आगामी भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था कांग्रेसमा छ। 

कांग्रेसले फागुन ७ लाई तोकिएको महाधिवेशन जेठ १५ लाई सार्ने तयारी गरेको थियो। तर, पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस महाधिवेशनको मितिका विषयमा अनिर्णित छ।

‘भदौसम्म महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यसैले जेठमा सार्ने विषयमा छलफल हुँदै थियो। तर, प्रतिनिधिसभा भंग भएपछि केही अलमल भएको छ,’ नेता अर्जुन नरसिंह केसीले भने, ‘जेठमा महाधिवेशन हुने सम्भावना अझै छ। चाँडै छलफल गरेर निचोडमा पुग्छौं।’ 

प्रकाशित: Feb 08, 2021| 08:30 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।