शनिबार, वैशाख ८, २०८१

‘भ्यालेन्टाइनको रौनकै छैन यसपालि’

फेब्रुअरी दोस्रो हप्ता पर्ने प्रणय दिवसको समयमा विगतका वर्षमा झन्डै दुई लाख स्टिक गुलाब फूलको माग हुने गरेको थियो। यसपालि करिब आधामात्रै छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– सधैंजसो भ्यालेन्टाइन डे (प्रणय दिवस) सप्ताहमा उल्लेख्य मात्रामा गुलाबको फूलको कारोबार गर्दै आएका पुष्प व्यवसायी यस वर्ष भने उत्साहित छैनन्। 

triton college

फेब्रुअरी दोस्रो हप्ता पर्ने प्रणय दिवसको समयमा विगतका वर्षमा झन्डै दुई लाख स्टिक गुलाब फूलको माग हुने गरेको थियो। तर, यसवर्ष कोरोनाका कारण प्रणय दिवसको रौनक नभएको र गुलाबको माग घटेको पुष्प व्यवसायीले बताएका छन्।

पुष्प व्यवसायी संघका अध्यक्ष कुमार कसजुले यस वर्ष विगतको तुलनामा करिब ४० प्रतिशतले गुलाबको फूलको माग घटेको जानकारी दिए। गत वर्ष दुई लाख स्टिक गुलाब फूलको माग रहेकोमा यस वर्ष १ लाख २० हजारको मात्र माग भएको आफूहरुको प्रक्षेपण रहेको कसजुले जानकारी दिए। 

‘यस वर्ष भ्यालेन्टाइन डेको रौनकै छैन। गत वर्षको भन्दा यस वर्ष माग लगभग ४० प्रतिशतले घटेको छ,’ उनले भने।

यसपालि कोरोनालगायतका कारण फार्महरु समयमै सञ्चालन हुन नसकेका कारण नेपालमा गुलाबको उत्पादन नभएको कसजुको भनाइ छ। हिउँदमा नेपालमा फूल स्वभावतः नै कम उत्पादन भएका कारण पनि नेपालमा माग अनुसारको आपूर्ति गर्न भारतबाट आयात गर्नुपरेको कसजुले बताए।

corrent noodles
Metro Mart

उनका अनुसार नेपालमा प्रणय दिवस सप्ताहमा हुने गुलाबको खपतमध्ये ६० देखि ७० प्रतिशत काठमाडौं उपत्यकामा हुने गरेको छ। बाँकी हिस्सा पोखरा, विराटनगर लगायत सहरमा खपत हुने गरेको पुष्प व्यवसायी संघले जानकारी दिएको छ। यस वर्ष काठमाडौं उपत्यकामा ७२ हजार स्टिक गुलाब फूल खपत हुने प्रक्षेपण रहेको संघले जानकारी दिएको छ।

प्रकाशित: Feb 07, 2021| 11:49 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्