बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • स्रोतसाधन सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

स्रोतसाधन सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।

triton college

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको बताएका छन्।

“हामीसँग प्रशस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन्। यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनाैं। यी उपलब्ध श्रोत तथा साधनको सही रुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन। यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए। “हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईंहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ। तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पूरा गर्नेछौं। तपाईंहरुलाई भोगेका समस्याहरुको समाधानका लागि पहल गर्नेछौंं र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने।
 

प्रकाशित: Feb 07, 2021| 10:15 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्