शुक्रबार, वैशाख १४, २०८१

फेवातालमा किन घटाइयो पानीको सतह ?

फेवातालमा पानीको बहाव नियन्त्रण गर्न ४३ वर्ष पहिला बनाइएको बाँध मर्मतका लागि पानीको सतह दुई मिटर घटाइएको हो।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

पोखरा - फेवा आफैंमा पूर्ण प्राकृतिक ताल होइन। बैदाममा बाँध बाँधेर पानी थुनेपछि ताल बनेको हो। 

triton college

हर्पन, अँधेरीलगायत स–साना ११ वटा खोल्सीबाट आएको पानी जम्मा भएपछि तालको पूर्ण आकार देखिएको हो। 

बेलाबेलामा बाँध फुटेर ताल पानीविहीन हुन्थ्यो। अहिले फेरि एकपटक तालको पानी स्वात्तै घटेको छ। 

बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाइएको छ। फेवातालको पानीको बहाव नियन्त्रण गर्न ४३ वर्ष पहिला बनाइएको बाँध मर्मत गर्न तालको पानीको सतह दुई मिटर घटाइएको हो।

पानीको बहाव नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्यले बताए। 

corrent noodles
Metro Mart

‘पछिल्लोपटक बाँध बनेदेखि नै यसरी मर्मत गरिएको थिएन। यसले बाँधको आयु बढ्छ,’ उनले भने। 

तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न दुई करोडमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको छ। यो रकमले बाँध र सिँचाइ नहर मर्मत गरिने इन्जिनियर आचार्यले बताए।

तालको पानी घटाइएपछि शनिबार दिउँसोदेखि किनारको भाग हिलाम्मे भएको छ। मर्मत गर्न एक महिना समय लाग्ने इन्जिनियर आचार्यले बताए। फेवा किनारमा राखिँदै आएका डुंगा पनि किनारभन्दा पर सारिएको छ।

तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावत गर्न हिलोमा बिछ्याइएका ढुंगा टेकेर जानुपर्ने भएको छ।

‘पानी घटाइएपछि डुंगालाई थोरै पर सारेका छौं। हिलोमा डुंगा गुड्दैन,’ फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले भने, ‘डुंगा भएसम्म पुग्न किनारबाट ढुंगा राखेका छौं। त्यसमा टेकेर जानुपर्छ।’

फेवातालमा २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो। त्यसको तीन वर्षपछि बनाइएको बाँध पहिलोपटक ठूलो रकम खर्च गरेर मर्मत गरिने भएको हो।

प्रकाशित: Feb 07, 2021| 02:25 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।