शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • साना तथा मध्यम व्यवसायीलाई ऋण सहजीकरण गर्न बैंकर्स संंघ सहमत 

साना तथा मध्यम व्यवसायीलाई ऋण सहजीकरण गर्न बैंकर्स संंघ सहमत 

घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौ– घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ। 

triton college

महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासंघको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो। 

महासंघ र बैकर्स एसोसिएसनबीच घरेलु तथा साना उद्योग (एसएमईज) क्षेत्रमा हुन सक्ने सहयोग तथा सहकार्यका विषयमा छलफल भएको थियो। 

भेटवार्तामा एसएमईजलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ। यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अगाडि बढ्ने सहमतिसमेत भएको छ।

महासंघको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजलाई लगानी सहजीकरणका लागि बैकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णयअनुसार उक्त भेटवार्ता भएको हो। 

corrent noodles
Metro Mart

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेज कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासंघको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिवद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ। 

नेपाल राष्ट्र बैंकले कोभिड –१९ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन ०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन्।

नेपाल राष्ट्र बैंकद्वारा गरिएको एक अर्को अध्ययनका अनुसार नयँ“ व्यवसाय संचालनका लागि बैंक तथा वित्तीय संस्थाहरुमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ। निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरुको छ। 

प्रकाशित: Feb 05, 2021| 10:13 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्