शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • इन्डिया–इंग्ल्यान्ड टेस्ट सुरु : विराट र रोहित एक वर्षपछि एउटै टिममा

इन्डिया–इंग्ल्यान्ड टेस्ट सुरु : विराट र रोहित एक वर्षपछि एउटै टिममा

इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्डको चार खेलको टेस्ट सिरिज आज (शुक्रबार)बाट सुरु भएको छ।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं – इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्डको चार खेलको टेस्ट सिरिज आज (शुक्रबार)बाट सुरु भएको छ।

triton college

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्ट सिरिज शुक्रबारबाट चिदम्बरम् रंगशाला, चेन्नईमा सुरु भएको हो।

आजबाट सुरु भई फेब्रुअरी ९ सम्म चल्ने टेस्टमा पाहुना टिम इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।

यो टेस्टमा इन्डियन टिम तीन स्पिनर्सका साथ मैदान उत्रिएको छ। जसमा रविचन्द्र अश्विन, वासिंटन सुन्दर र शाहबाज नदिम छन्। त्यस्तै चोटमुक्त भएपछि इशान्त शर्मा इन्डियन टिममा फर्किएका छन्।

त्यस्तै भारतीय टिमका कप्तान विराट कोहली पनि टिममा फर्किएका छन्। उनले राष्ट्रिय टिमबाट एक वर्षपछि अर्का ब्याट्स्मेन रोहित शर्मासँग खेलिरहेका छन्।

corrent noodles
Metro Mart

यता आजको खेलमा सहभागी बनेर इंग्ल्यान्डका जोय रुट सानो उमेरमा सय टेस्ट खेल्ने तेस्रो खेलाडी बनेका छन्।

सबैभन्दा सानो उमेरमा सय टेस्ट खेल्ने रेकर्ड भने इंग्ल्यान्डका एलिस्टेयर कुकको नाममा छ। उनले २८ वर्ष ३५३ दिनमा सय टेस्ट खेलेका छन्। 

त्यस्तै इन्डियाका सचिन तेन्दुलकर उक्त रेकर्डको दोस्रो नम्बरमा छन्। २९ वर्ष १३४ दिनमा सय टेस्ट खेलेका तेन्दुलकर सानो उमेरमा सय टेस्ट पुर्‍याउने दोस्रो खेलाडी हुन्।

त्यस्तै ३० वर्ष ३७ दिनमा सय टेस्ट खेल्दै जोय रुट सानो उमेरमा उक्त कोशेढुंगा पार गर्ने तेस्रो खलाडी बनेका हुन्।

जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत पहिला दुई खेल चेन्नइमा हुनेछ भने बाँकी दुई खेल अहमदाबाद रंगशालामा हुनेछ।

मार्च ८ मा चारै टेस्ट सकिनेछ। त्यसपछि महमदाबादमै इन्डियाले पाहुना टिमसँग पाँच खेलको टी–२० खेल्नेछ।

टेस्ट र टी–२० सिरिज सकिएपछि इन्डियन टिम र इंग्ल्यान्ड टिमले तीन खेलको एक दिवसीय सिरिज पनि खेल्नेछन्।

एकदिवसीय सिरिज पुने रंगशालामा हुनेछ। तीन खेलको एकदिवसीय सिरिज २३ मार्चमा सुरु भएर २८ मार्चमा सकिने छ।

पहिलो टेस्टमा सम्मिलित इंग्ल्यान्डको प्लेइङ सेट

रोरी बर्नस, डोब सिब्ले, डान लरेन्स, जोय रुट, बेन स्टोक्स, ओली पोप, जस बटलर, डोम बेस, जोफ्रा आर्चर, ज्याक लिच, जेम्स एन्डरसन

इन्डियाको प्लेइङ सेट

रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, ऋषभ पन्त, वासिंटन सुन्दर, रविचन्द्र अश्विन, जस्प्रित बुमराह, इशान्त शर्मा, शहबाज नदीम
 

प्रकाशित: Feb 05, 2021| 05:58 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।