विद्यार्थीले बीएचएम किन छान्ने?
बीएचएम व्यावसायिक विषय हो। पछिल्लो ट्रेन्ड हेर्दा पनि बीएचएम अध्ययन गरेका ८० प्रतिशत विद्यार्थी बाँकी अध्ययन पूरा गर्न विदेश जाने गरेका छन्। कामका हिसाबले पनि उनीहरू त्यहाँ स्थापित छन्।
जो यो विषय पढेर नेपालमै केही गर्ने सोचमा छन्। उनीहरूलाई बीएचएमले हस्पिटालिटीको ज्ञान मात्र दिँदैन व्यक्तित्व, अनुशासन र कामप्रतिको सौन्दर्य पनि बढाउँछ। यसकाण बीएचएम रुचाइएको विषय हो।
बीएचएम पढाइ पूरा गरेका विद्यार्थीका लागि बजारमा कस्ता अवसर छन्?
बीएचएम ग्राजुएटहरू उत्कृष्ट उत्पादन हुन्। जो कुनै पनि उद्योगमा फिट हुन्छन्। किनभने हरेक क्षेत्रमा हस्पिटालिटी र व्यवस्थापनको महत्व दिनप्रतिदिन बढ्दै छ। ट्रेन्डअनुसार पनि बीएचएमका विद्यार्थी होटलमा मात्र नभएर बैंक, अस्पताल र एनजीओ, आईएनजीमा पनि काम गरिरहेका छन्।
उद्यमीले बीएचएम ग्राजुएट गरेको जनशक्ति किन रोज्छन्?
बीएचएमको केन्द्रमा हस्पिटालिटी र व्यवस्थापन भए पनि यो बहुआयामिक विषय हो। उद्यमीले बीएचएम ग्राजुएट चहानुका पछि यो नै महत्वपूर्ण हो। नेपालजस्तो पर्यटन क्षेत्रमा सम्भावना भएको देशका साथै विश्वभरी यसको आवश्यकता पर्छ।
बीएचएम पढ्नका लागि कति गोग्यता आवश्यक पर्छ?
व्यवस्थापन, विज्ञान र मानविकी संकायबाट कक्षा १२ को अध्ययन सकेको विद्यार्थीले बीएचएम कार्यक्रम अध्ययन गर्न सक्छन्। तर उनीहरूले कम्तिमा पनि ‘डी प्लस’ जीपीए स्कोर गरेको हुनुपर्छ। अहिले बीएचएमको भर्ना खुलिरहेको छ।
बीएचएमका विशेषता केके हुन्?
पोखरा विश्वविद्यालयको बीएचएम पूर्ण छ। ओरिन्टेसन कार्यक्रम, होटल भ्रमण, पाहुना स्वागत, स्थलगत भ्रमणलगायतका कुरा यसका नियमित पक्षहरू हुन्। र, प्लाटिनम कलेजमा चाहिँ हामी अतिरिक्त अभ्यासहरू पनि गरिरहेका छौं। जहाँ हामी अतिथि सत्कारका साथै ओपन हाउस र फुड फेस्ट गर्न प्रेरणा दिन्छौं।
नियमित पक्ष बाहेक हामीले अतिरिक्त अभ्यास गराइरहेका छौं। हामी गुणस्तरीय सीप भएका विश्वस्तरीय मानवीय पूँजी उत्पादन गर्ने लक्ष्यमा छौं। विद्यार्थीका सीप र शोखलाई प्लाटिनम् लिडरसिप एकेडेमी र प्लाटिनम् स्टुडेन्ड क्लबद्वारा निखार्दै अघि बढिरहेका छौँ।
बीएचएमबाट विद्यार्थीले अन्य विषयमा नभएको के नयाँ कुरा सिक्न पाउँछन्?
बीएचएममा पढ्ने, सिक्ने र अनुभव बटुल्ने काम सँगै हुन्छ। यो नै बीएचएमको उत्कृष्ट पक्ष हो। रोजगार बजारमा आवश्यक पर्ने सबै शिक्षा यसले व्यावहारिक रुपमा प्रदान गर्छ। यसले विद्यार्थीलाई सेल्फ गभर्नेन्स र करियर केन्द्रित गाइडेन्स पनि दिन्छ।
बीएचएमको अन्तर्राष्ट्रिय बजार कस्तो छ?
विदेशी विश्वविद्यालयहरूले तोकेका लभगभ सबै मापदण्ड पूरा भएको पाठ्यक्रम पोखरा विश्वविद्यालयअन्तर्गत छ। व्याहारिक सीप विकास हुने खालको कोर्स भएकोले स्वदेश वा विदेश सबैमा यसको बजार राम्रो छ।
बीएचएमका विद्यार्थीलाई अन्तर्राष्ट्रिय चेन होटल वा अन्य संस्थामा रोजगारीको पनि व्यवस्था हुन्छ?
हुन्छ, हामीले नेपालका ठूलो होटलसँग मिलेर पहिले पनि त्यस्तो काम गरेका छौं। र, विदेशको सन्दर्भमा पनि प्रयासरत छौं। हाम्रा कन्सल्ट्यान्ट पनि नेपाली बजारमा चलेका र लोकप्रिय व्यक्ति छन्। उनीहरूसँग अन्तराष्ट्रिय स्तरको अनुभव छ। प्लाटिनमका विद्यार्थीले विश्वका ठूला र चेन होटलमा इन्टर्नसिप गर्छन्। यसकारण हामी भन्न सक्छौं– हामीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निकाल्छौं।
तपाईंका कलेजबाट उत्पादन भएका विद्यार्थीले बजारमा कस्तो प्रभाव देखाइरहेका छन्?
प्लाटिनममा यो विषय सुरु गरेको तीन वर्ष भएकाले विद्यार्थी बजारमा जान बाँकी छ। तर हामी विश्वस्त छौं की हामीले राम्रो सीपयुक्त मानव संशाधन उत्पादन गरेका छौं। जसले विश्वस्तरको हस्पिटालिटी लिड गर्न सक्छ।
बीएचएम प्लाटिनममै किन पढ्ने?
क्यारियरका लागि बीएचएम शानदार डिग्री हो। यो त्यस्तो डिग्री हो जसले सच्चा विश्व देखाउँछ। यो त्यस्तो उद्यम हो जुन लगातार विकसित भइरहेको छ।
शिक्षा, संस्कृति, राष्ट्रियताजस्ता विकेन्द्रित पृष्ठभूमिलाई एकै स्थानमा राखेर बनाइएको विषय हो बीएचएम। यी सबै कुरा पूरा गर्न प्लाटिनम म्यानेजमेन्ट कलेजले अग्रज शैक्षिक संस्थाको भूमिका निर्वाह गरिरहेको छ।
बीएचएमको व्यवहारिक शिक्षाका लागि प्रशस्त पूर्वाधार छ। अतिरिक्त फ्रेन्च र चाइनिज भाषा सिकाइका साथै अन्तरर्राष्ट्रिय इन्टर्नसिपको अवसर भएकोले पनि विद्यार्थीलाई प्लाटिम रोज्न आग्रह गर्छु।