शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दाहालले भने : हामी ओलीकाे जंगली प्रवृत्तिविरुद्ध सडकमा आएका हौं

दाहालले भने : हामी ओलीकाे जंगली प्रवृत्तिविरुद्ध सडकमा आएका हौं

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानपछि भएको निर्वाचनमा वाम गठबन्धन गरौँ र पार्टी एकता गरौँ भन्ने प्रस्तावक आफैं भए पनि यो दुर्घटनामा परेको बताए। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

ललितपुर- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफैंले प्रस्ताव गरेकाे वाम गठबन्धन र पार्टी एकता प्रस्ताव दुर्घटनामा स्वीकार गरेका छन्। 

triton college

नयाँ संविधानपछि भएको निर्वाचनमा वाम गठबन्धन र पार्टी एकताकाे भन्ने प्रस्तावक आफैं रहेकाे भनाइ उनकाे छ। 

उनले निर्वाचनपछि स्थायित्व, शान्ति र समृद्धि हुन्छ भन्ने आफ्नो अपेक्षा भए पनि त्यो केही प्रवृत्तिका कारण हुन नसकेको बताए। त्यसका लागि आफूहरु आत्मसमीक्षाकै क्रममा रहेको उनकाे भनाइ छ।

नेकपाको दाहाल–नेपाल समूहले शुक्रबार नेकपा बिटमा रिपोर्टिङ गर्ने पत्रकारसित आयोजना गरेको छलफलमा दाहालले भने, ‘हामी लोकतन्त्र, गणतन्त्र र संविधानवादका पक्षमा सडकमा गएका हौँ। हामी पलायन हुने पक्षमा छैनौँ।’

उनले लोकतन्त्र, गणतन्त्र र संविधानका पक्षधर हुँ भन्ने शक्ति सडकमा आउनुपर्ने बेला आएको पनि बताए। 

corrent noodles
Metro Mart

अध्यक्ष दाहालले संवैधानिक निकायका नियुक्ति कानुनी, संवैधानिक र नैतिक दृष्टिले लोकन्त्रविरोधी कदमको हद भएको बताए। उनले भने, ‘कोरम नपुगेको बैठकले नियुक्त गर्ने, अनि पार्टीमा आएर नियुक्ति नगरेको बताउने र त्यसरी निर्ममतापूर्वक लोकतन्त्रको घाँटी निमोठ्ने काम गर्नु ‘जंगली प्रवृत्ति होइन?’ 

अध्यक्ष दाहालले आफ्ना पनि केही कमजोरी भए पनि अहिलेको अवस्था प्रतिगमनतिर गइरहेको बताए।

‘यो पार्टीभित्रको विषय हुँदै होइन, यो प्रतिगमन नै हो, यो लोकतन्त्रको हत्या गर्ने अभिप्राय नै हो भन्ने निक्र्यौल निकाल्न सकिन्छ’, उनले भने, ‘बुद्धिजीवी, संविधान–कानुनका विज्ञहरु, साहित्यकार, पत्रकारले किन यसलाई प्रतिगमन भनिरहेका छन्? किन असंवैधानिक भनिरहेका छन्, उहाँहरु कम्युनिस्ट पार्टीका त हुनुहुन्न।’

उनले स्वार्थी, क्षणिक र तुच्छ फाइदाका लागि लाग्नेहरु प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको जिकिर गरे। उनले भने, ‘यस्ता झुण्ड र टाउकाहरु हिँजो पञ्चर्यालीमा पनि हुन्थे। तर राम्रा ब्रेनहरु कसको पक्षमा वा केको पक्षमा छन् भन्ने कुराले अर्थ राख्छ।’

उनले प्रतिनिधिसभा विघटन, कोरम नपुगेको बैठकबाट विभिन्न संवैधानिक निकायमा नियुक्ति र क्षणभरमै राष्ट्रपतिबाट शपथ गराउने अलोकतान्त्रिक प्रवृत्तिविरुद्ध बिहीबारको आमहडताल आयाेजना गरिएको बताए। 

उनले देश निकै अप्ठेरो ठाउँमा जान लागेकाले यस्तो गर्न बाध्य भएको बताए। उनले अब हुने हडताल र आन्दोलन जनताले गर्ने पनि जिकिर गरे। 

‘उद्देश्य विचलित हुन्छ भनेर एमसीसीको नारा राेकेको हुँ' 

अध्यक्ष दाहाले आमहडतालका क्रममा बिहीबार आफूले एमसीसीको नारा लगाउन राेकेकाे स्वीकार गरे। उनले भने, 'अहिलको मुद्दा भनेको लोकतन्त्र रक्षाको लडाइँ हो, जे पायो त्यो नारा र जुन पायो त्यो विषय उठाउँदा उद्देश्य विचलित हुन्छ भनेर रोकेको हुँ।’ 

उनले वर्तमान संविधान १० वर्षको युद्ध र जनआन्दोलनलाई निकास दिने शान्तिको दस्तावेज भएको बताए। उनले राज्य र नेतृत्वले राजनीतिलाई अराजकतातिर धकेल्यो भने त्यसको फाइदा कसै न कसैले उठाउने भएकाले पनि यो ‘जीवन र मरण’को विषय भएको जिकिर गरे। 

‘तेस्रो जनआन्दोलन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको सवाल शान्तिको स्थायित्व हुन्छ कि हुँदैन, लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन भन्ने सवाल ठूलो हो’, दाहालले भने, ‘अहिलेको कदम नसच्चिने हो भने जनता त उत्रन्छन्, देशका बेष्ट ब्रेन अहिले ओलीको कदमविरुद्धमा छन्। राम्रा र स्वच्छ दिमाग भएका नागरिक जति ओलीको वर्तमान कदम र कार्यशैलीको विरुद्धमा गइसके।’

केपी ओली निरंकुशताका अगाडि आत्मसमर्पण गरिसकेको बताए। उनले पत्रकारलाई भने, ‘तपाईहरु खुद्रा कुरा यो माधव नेपाल, प्रचण्ड, केपी ओली भनेर नहेर्नुस्, अहिले प्रवृत्तिविरुद्ध, पद्धति र संविधान रक्षाको लडाइँ हो।’

उनले कांग्रेस पनि अहिलेको अवस्थाविरुद्ध भएको आफूले पाएको बताए। ओलीका कदमविरुद्ध कांग्रेसको विज्ञप्ति आइसकेकाले त्यो पार्टीको धारणा भएको रुपमा लिनुपर्ने बताए। अन्य शक्तिहरु पनि ओलीको कदमविरुद्ध देखिएको बताए। 

उनले विप्लव समूहसँगको सहकार्यबारे भएका हल्ला सत्य नभएको बताए। उनले युद्धका सँगैका साथी भएकाले अप्रत्यक्ष सम्पर्क भए पनि वार्ता र सम्पर्क भने नभएको स्पष्ट पारे।

उनले भने, ‘वरु ओलीजी विप्लवलाई वार्तामा ल्याउने तयारीका जुटेको हल्ला पनि सुनिन्छ, तर वार्तामा पनि ल्याउने र प्रतिबन्ध पनि नहटाउने भन्ने कुरा अमिल्दो हो।’

केपीलाई सच्याउन धेरै मेहनेत गरियो

अध्यक्ष दाहालले केपी ओलीलाई सच्याउन निकै मिहिनेत गरेको पनि बताए। उनले नारामा एउटा र व्यवहारमा अर्कै बजेट ल्याउन लागेपछि धेरैपटक सुधार्न कोसिस गर्दा पनि उनी नसुध्रिएको बताए। 

‘ओलीमा  रौं बराबर पनि लोकतान्त्रिक चरित्र भएको भए धेरै कुरा सहज हुने थियो’, दाहालले भने, ‘तर उहाँ जता पनि मिचिदिन्छु, जे पनि भाँचिदिन्छु, निमोठिदिन्छु र सिध्याइदिन्छु भन्ने मनोदशामा हुनुहुन्छ।’

दाहालले अदालत, अख्तियार, निर्वाचन आयोगतिर ओलीको सेटिङ छ भन्ने हल्लाले केही फरक नपार्ने बताए। उनले भने, ‘सबैभन्दा ठूलो सेटिङ नेपाली जनता हो, जनताले चाहेरै ठूलाठूला निरंकुशता ढलेका छन्।’

उनले प्रतिनिधिसभा पुनर्स्थापना नभए के हुन्छ भन्ने जिज्ञासामा भने, 'जे हुन्छ, त्यतिबेलै हुन्छ।’

दाहालले अहिलेको आन्दोलनमा युवा जोडिएकाले त्यो ठूलो उर्जा र लोकतन्त्रप्रतिको विश्वास भएको पनि बताए। 
 

प्रकाशित: Feb 05, 2021| 03:50 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।