शुक्रबार, वैशाख ७, २०८१

भारतले निर्यात खुला गरेपछि प्याजको मूल्य घट्न थाल्यो

भारतले प्याज निर्यात खुला गरेसँगै नेपालमा प्याजको मूल्य घट्न थालेको छ। प्याज आयात बढेर आपूर्ति सहज भएपछि त्यसको प्रभावस्वरुप मूल्य घट्न थालेको हो।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- भारतले प्याज निर्यात खुला गरेसँगै नेपालमा प्याजको मूल्य घट्न थालेको छ। प्याज आयात बढेर आपूर्ति सहज भएपछि त्यसको प्रभावस्वरुप मूल्य घट्न थालेको हो।

triton college

यसअघि भारतमा प्याजको माग बढेपछि भारत सरकारले आन्तरिक खपत बढाउन गत भदौ २९ देखि निर्यातमा रोक लगाएको थियो। रोक लगाउनुभन्दा अघिल्लो दिन २८ भदौमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको भारतीय प्याजको खुद्रा मूल्य औसत प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो। 

भारतले प्याजमा प्रतिबन्ध लगाएपछि कालीमाटी बजारमा असोज २ मा प्याजको खुद्रा मूल्य ह्वात्तै बढेर प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म पुग्यो। भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि प्याजको आयात कोही मात्रामा भए पनि निरन्तर नै रहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्। 

पछिल्लो समय पुस १७ देखि भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध खुला गरेसँगै प्याज आयात बढ्न थालेको उनले बताए। आयात बढ्न थालेपछि त्यसको प्रभाव मूल्यमा पनि पर्न थालेको हो।

आयात बढ्न थालेपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य घट्ने थालेको छ। बुधबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको औसत खुद्रा मूल्य प्रतिकिलो ७२.५० पैसाका दरले रहेको फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ।

corrent noodles
Metro Mart

भारतले निर्यातमा रोक लगाएपछि कार्तिक तेस्रो साता १२५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको प्याजको मूल्य पछिल्लो समय घट्न थालेको समितिले जानकारी दिएको छ।

भदौ अन्तिमसाता भारतले निर्यात रोकेपछि असोज महिनामा कालीमाटी तरकारी बजारमा ७७५ मेट्रिक टन मात्रै प्याज आयात भएको थियो। तर, पुस तेस्रो सातादेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै पुसमा मात्रै २ हजार ९९ मेट्रिक टन प्याज आयात भएको छ।

प्रकाशित: Feb 04, 2021| 13:04 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्